कांग्रेसले असन्तुष्टि जनाएपछि संसदीय सुनुवाई समितिको बैठक स्थगित, अब अर्को बैठक कहिले ?

काठमाण्डौ , चैत १७ । संसदीय सुनुवाई समितिको बैठक आज पनि स्थगित भएको छ ।

नेपाली कांग्रेसले असन्तुष्टि जनाएपछि संसदीय सुनुवाई समितिको बैठक दुईदिनका लागि स्थगित भएको हो ।

निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया र समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको सुनुवाई प्रक्रिया शुरु गर्ने बारेमा छलफल गर्न आइतबारका लागि बोलाइएको थियो ।

संवैधानिक परिषदको गएको सोमबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा बहालवाला सचिव थपलियालाई नियुक्त गर्न सिफारिस गरेको हो ।

प्रमुख प्रतिपक्षी दलको उपस्थितिविना नै संवैधानिक परिषद्ले महत्वपूर्ण निर्णय गरेको भन्दै कांग्रेसका सांसदहरु असन्तुष्ट बनेका छन् । अर्को बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्