ओखलढुंगा जीप दुर्घटना: मृतक सबैको सनाखत (नामसहित)

काठमाडौं, चैत १७ । ओखलढुंगा जीप दुर्घटनामा मृतक सबैको सनाखत भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बुका ५५ वर्षीय मिङ्मा शेर्पा, ४५ वर्षीय साङगेल शेर्पा, नुर्वु शेर्पा, ङवाङ शेर्पा रहेका छन् भने डोमा र नुमा शेर्पाको पनि घटनास्थलमै ज्यान गएको ओखलडुंगा प्रहरीले जनाएको छ।

घाइतेलाई प्राथमिक उपचार घुर्मिमा भइरहेको छ। जीप सोलुदुधकुण्ड नगरपालिका २ जुनवेशी गुम्बाबाट छुटेको प्रहरीले जनाएको छ।

ओखलढुंगाको मानेभन्ज्याङस्थित भडारेखोलामा जीप दुर्घटना हुँदा ६ जनाको मुत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको बा १६ च २२०७ नम्बरको जीप सडकबाट खसेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्