सञ्चारमन्त्री बास्कोटाले भने – अहिलेको सरकारलाई पूर्वराजा ज्ञानेन्द्रसँग तुलना नगर्दा हुन्छ ‘

काठमाडौं, चैत १७ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न सचेत गराएका छन्।

रिपोर्टस क्लबको २१औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आइतबार आयोजित कार्यक्रममा मन्त्री बास्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्रसँग तुलना नगर्न आग्रह गरेका हुन्।

सरकारले प्रेस स्वतन्त्रता कुनै पनि अवस्थामा अपहरित हुन नदिने प्रतिबद्धता पनि गरे।

ुप्रेस स्वतन्त्रताको बारेमा स्पष्ट भए हुन्छ। स्वतन्त्रता अपहरित हुँदैन। ज्ञानेन्द्रसँग तुलना नगर्नु होला,उनले भने।

उनले स्वतन्त्रताको नाममा पछिल्लो समय मिडिया आतंक देखिने गरेको टिप्पणी पनि गरे।

साथै उनले नियमन र नियन्त्रण फरक विषय भएको भन्दै आलोचना र विश्लेषण गर्नुभन्दा पहिले सरकारले ल्याएका सबै नीति, कार्यक्रम र योजनाहरु पढ्न आग्रह गरे।

सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा आएका टिप्पणी प्रति पनि उनले आक्रोश पनि पोखे ।

प्रतिक्रिया दिनुहोस्