माछापुच्छ्रे बैंकको एकै दिन ८ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन, रियल टाइममै खाता खोल्न मिल्ने


काठमाडौं, १७ चैत । माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा ८ शाखा रहित बंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले कास्की स्थितमादी गाउँपालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट, र सैमराङमा एकै दिन ८ शाखा रहित बंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याइ रहेको छ ।
यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ७३ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंक ले जनाएको छ । ग्राहक सेवा केन्द्र को रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी , साथै कर्जा आवेदन गर्न सकिने सुविधाकोसमेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ, भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९६ वटा शाखाहरुलगायत ७३ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १६९ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंक को देशभर ११९ वटा एटीएमहरु सञ्चालनमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्