इन्डियन प्रिमियर लिगः सन्दीपले मौका पाएको खेलमा सुपर ओभरमा दिल्लीको जित

काठमाडौं, चैत १७ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले मौका पाएको खेलमा दिल्ली क्यापिटल्सले सुपर ओभरमा जित निकालेको छ ।

इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेट अन्तर्गत शनिबार बेलुका भएको खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई सुभर ओभरमा हराएको हो । निर्धारित २० ओभरको खेलमा दुवै टिमले समान रन बनाएपछि खेलको निर्णय एक ओभरको एलिमिनेटरबाट गरिएको हो ।

पहिले ब्याटिङ्ग गरेको कोलकाताले ८ विकेटको क्षतिमा १८५ रन बनायो । उसका लागि आन्द्रे रसेलले २८ बलमा चार चौका र ६ छक्काको सहयोगमा ६२ तथा कप्तान दिनेश कार्तिकले ३६ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५० रन बनाए ।

दिल्लीका लागि हार्दिक पटेलले दुई तथा सन्दीप लामिछाने, क्रिस मोरिस, अमित मिश्रा र कागिसो राबडाले समान एक एक विकेट लिए । सुरुका दुई खेलमा मौका नपाएका सन्दीपले दिल्लीबाट तेस्रो खेलमा मौका पाएका हुन् । २९ रन खर्चेर विकेट लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्