आईपीएलमा दिल्लीको खेल आज कोलकातासँग: सन्दीपले पाउलान त मौका ?

काठमाडौं, चैत १६ । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिगमा सन्दीप लामिछाने आबद्ध रहेको टिम दिल्ली क्यपिटल्सले आज आफ्नो तेस्रो खेल खेल्दैछ ।

घरेलु मैदान फिरोज शाह कोट्ला स्टेडियममा दिल्लीले कोलकाता नाइट राइडर्ससँग राति ८ः१५ मा खेल्दैछ । सन्दीप समावेश नभएको सुरूवाती तीन खेलमा एक जित र एक हार ब्यहोरेको छ ।

कोलकाता भने दुवै खेलमा अपराजित रहेको छ । यस्तोमा कोलकाताले अपराजित यात्रालाई निरन्तरता दिने कोशिस गर्नेछ । दिल्ली भने दोस्रो जितको खोजीमा हुनेछ । खेलको पूर्वसन्ध्यामा नेपाली खेलाडी सन्दीप लामिछानेसँग दिल्ली टिमले गरेको र्‍यापिड फायरमा निकै रोमाञ्चक कुरा गरेका छन् ।

उनले फेरि पहिलेको जस्तै गल्लीमा बाल्यकालका साथीसँग क्रिकेट खेल्न पाए हुन्थ्यो भन्ने चाहना राखेका छन् । यसका साथै उनले सचिन तेन्दुलकरलाई बलिङ गर्ने चाहना रहेको पनि खुलासा गरेका छन ।

कोलकता लगातार तेस्रो जितको खोजिमा छ । कोलकताले यस अघि पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले हराउँदा दोस्रो खेलमा पन्जावलाई २८ रनले पराजित गरेको थियो ।

त्यस्तै दिल्ली दोस्रो जितको खोजिमा हुने छ । पहिलो खेलमा मुम्बईमाथि ३७ रनको सनसनीपूर्ण जित निकालेको दिल्ली दोस्रो खेलमा भने चेन्नई सुपरकिंग्ससँग ६ विकेटले पराजित भएको थियो । सुरुवाती दुई खेलमा सन्दीपलाई बेन्चमा राखेको दिल्लीको चौतर्फी आलोचना भई रहेको छ । आजको खेलमा सन्दीपले मौका पाउन सक्ने संभावना छ ।

प्रतिक्रिया दिनुहोस्