इंग्लिस प्रिमियर लिगमा आज राति ७ खेल हुँदै

इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति ७ वटा खेल हुने भएका छन् ।

नेपाली समय अुनसार साँझ सवा ६ बजे म्यानचेस्टर सिटी र फुलह्याम भिड्दै छन् । पौने ९ बजे ५ वटा खेल हुने छन् । ब्राइटन र साउथह्याम्प्टन, बर्नले र उल्भर ह्याम्पटन, क्रिष्टल प्यालेस र हड्ल्स फिल्ड, लेस्टर र बर्नमाउथ तथा म्यानचेस्टर युनाइटेड र वार्टफोर्ड भिडने छन् । राति सवा १० बजे वेस्टह्याम र एभर्टनको खेल हुने छ ।

आजको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भए आर्सनललाई पछि पार्दै चौथो स्थानमा उक्लने छ । म्यानचेस्टरले ओले गुनर सोल्सायरलाई स्थायी प्रशिक्षक नियुक्त गरेपछि पहिलो खेल खेल्दै छ । अन्तरिम प्रशिक्षक भएयता उत्कृष्ट प्रदर्शन गरेको म्यानचेस्टरले आजको खेलमा कस्तो प्रदर्शन गर्ला सबैले चासोको साथ हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्