नेशनल माइक्रोफाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय स्तरको नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लि.ले समुह अध्यक्षहरुको बार्षिक कार्यशाला गोष्ठि तथा वित्तीयसाक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
विहिवार प्रदेश नं २ सिराहा जिल्लाको मिर्चैया नगरपालिका स्थित फुलवरिया शाखाले आफ्ना समुह अध्यक्षहरुको बार्षिक कार्यशाला गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा संस्थाका विभागीय प्रमुख तथा प्रमुख अतिथी सिताराम पण्डितले संस्थाद्वारा प्रदान गर्दै आएका सेवाहरु, संस्थागत प्रगती, गोष्ठिको महत्व, समूह अध्यक्षको भुमिका तथा जिम्मेवारी, कर्जा तथा बचतको सदुपयोग, लघुबीमाको महत्वलगायतका विषयमा छलफल गरेका थिए । उनले समुह अध्यक्ष तथा अभिभावकहरुबाट आएका गुनासो, समस्या, टिकाटिप्पणीहरुको जवाफ दिए । उनले सिप विकास तालिम कार्यक्रम संचालनले ग्राहकहरुलाई उद्यमसिल बन्न मद्दत गर्ने विश्वास ब्यतm गरे ।
कार्यक्रममा प्रथम, द्धितीय, तृतीय तथा सान्तवाना समुह अध्यक्षहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत वितरण गरिएको थियो ।
देशका सातै प्रदेशमा ३७ जिल्लामा ५० वटा शाखा कार्यालयहरु रहेको संस्थाले ७० हजार भन्दा बढी विपन्न परिवारमा सेवा प्रदान गर्दै आएको छ । संस्थाले रु.१ अर्ब १७ करोड बचत संकलन र ३ अर्व ३० करोड कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्