महालक्ष्मी विकास बैँकको नयाँ शाखा अब डल्लु र तीनचुलीमा पनि !

काठमाडौं, चैत १५ । महालक्ष्मी विकास बैँकको नयाँ शाखा अब डल्लु र तीनचुलीमा पनि सञ्चालनमा आएको छ ।

महालक्ष्मी विकास बैंकले काठमाडौँमा दुई नयाँ शाखा मार्फत बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको हो ।

बैंकले काठमाडौँ महानगरपालिकाको वडा नं १५ स्थित डल्लुमा तथा वडा नं ६ स्थित तीनचुलीमा शाखा विस्तार गरेको हो ।

अब बैंकको कुल शाखा संख्या ९२ पुगेको छ । बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्यले बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ ।

बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्