मगरात-थरुहट नामाकरण गर्न माग गर्दै बुटवलमा बृहत प्रदर्शन
काठमाडौं, चैत १५ । बुटवलमा प्रदेश ५ लाई मगरात-थरुहट नामाकरण गर्न माग गर्दै बृहत प्रदर्शन गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषदले प्रदर्शन गरेको हो ।
प्रदेश ५ मगर र थारुको ऐतिहासिक थातथलो भएको र प्रदेशको जनसंख्या करिब दुई तिहाई मगर र थारुको रहेकाले प्रदेशको नाम मगरात थरुहट राख्नुपर्ने भन्दै सरोकारवालालाई दवाव दिन प्रदर्शन गरिएको महासंघले जनाएको छ ।
बुटवलको राजमार्गबाट सुरु भएको प्रदर्शनमा विशेषगरी मगर र थारु समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । जातीय पहिरनमा प्लेकार्ड र ब्यानरसहित र्याली निस्केको थियो ।
यसअघि बिहीबार नै संयुक्त मगर मञ्च नेपालले पनि प्रदेश ५ को नाम ‘मगरात-थरुहट’ हुनुपर्ने माग गर्दै माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्