गगनचुम्बी भवनमा भीषण आगलागी, २५ जनाको मृत्यु



काठमाडौं चैत १५ । बंगलादेशको एक भवनमा भीषण आगलागी हुदाँ २५ जनाको मृत्यु भएको छ ।

बंगलादेशको गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ ।

अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन सक्ने भन्दै खोजतलास गरिरहेका छन् ।

राजधानी ढाकास्थित २२ तल्ले एफआर टावरमा बिहीबार अपराह्न आगलागी शुरु हुँदा टावरमा रहेका कार्यालयहरुमा सयौं कर्मचारी, कामदारहरु कार्यरत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले भवनको स्वामित्व रहेका व्यक्तिलाई पक्राउ गरी सोधपुछ शुरु गरेको छ ।

आगलागीका कारण केही व्यक्ति भवनको बाहिर झुण्डिएका तारहरुको सहाराले तल ओर्लिएका थिए भने केही झ्यालबाट हामफालेका थिए ।

अधिकारीहरुका अनुसार एक जना श्रीलंकाली समेत कम्तीमा ६ जनाको मृत्यु ज्यान जोगाउन हामफालेका कारण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्