माछापुच्छ्रे बैंकको ऋणपत्र निष्काशन प्रबन्धकमा एनएमबि क्यापिटल

काठमाडौं, १४ चैत । माछापुच्छ्रे बैंक लिमिटेड र एनएमबि क्यापिटल लिमिटेडबीच “१०.२५५
माछापुच्छ्रे डिवेञ्चर–२०८५” नामक रु. ३ अर्ब ऋणपत्र निष्काशन गर्नकालागि निष्काशन प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा माछापुच्छ्रेबैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गर्नुभयो छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंक लिमिटेडको ३ अर्ब ऋणपत्र निष्काशनका लागि सम्पूर्ण कामहरु निष्काशन प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेडले सम्पन्न गर्ने छ ।

ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमाति प्राप्त गरीसकेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमाति लिइ बैंकले विक्रीको लागि आवेदन खुल्ला गर्ने छ ।

बैंकले प्रति ऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँ दरका ३० लाख कित्ताको सो मात्राको ऋणपत्र निष्काशन गर्न लागेको हो । सो मध्ये १८ लाख कित्ता ऋणपत्र परिपत्र विधि(प्राइभेट प्लेसमेन्ट) बाट र १२ लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्री गरीने बैंकले जनाएको छ ।

वार्षिक १०.२५ प्रतिशत दरको आकर्षक ब्याजदर रहेकोे उक्त ऋणपत्रको अवधि १० बर्ष रहने छ । कम्पनीका अनुसार बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा क्रण लिन सकिनेका साथै अर्ध बार्षिक रुपमा (६/६ महिनामा) ब्याजको भुक्तानी गरीने छ ।

प्रतिक्रिया दिनुहोस्