सिभिल बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता सेवामा सम्झौता

काठमाडौं, १४ चैत । सिभिल बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बिहिबार सिभिल बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रतगतिमा विस्तार गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतामा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र एनबिआई (NBI)को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार एन बि आइको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरु बारे सिभिल बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गर्ने तथा बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई उक्त एप्को बारेमा जानकारी गराई ग्राहकवर्ग माझ वित्तीय साक्षरता कार्यक्रमलाई विस्तार गर्नको लागि प्रेरित गर्नेछ । साथै बैंकले उक्त एप् मार्फत समाजका विभिन्नवर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक–शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउनेछ । एनबिआईले बैंकलाई आवश्यक परेको खण्डमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको समेत व्यवस्थापन गर्ने छ ।

यसरी दुई संस्थाहरु एउटै उद्देश्यको लागि साझेदारी गरी अघि बढ्नाले ग्रामीण भेगका ग्राहकहरुमा बचत गर्ने बानीको विकास तथा सफलता पूर्वक व्यवसाय संचालन गर्ने बारे ज्ञान प्राप्त गर्न सहजता मिल्ने छ । वित्तीय साक्षरताको सबै आवश्यक सामाग्री सबै माझ लैजान एनबिआई मोबाईल एप्को प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्