ओलीलाई तीन दिनभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं, चैत १४ । प्रहरीले पक्राउ गरेका विप्लव समूहका नेता हेमन्त प्रकाश ओलीलाई तिन दिनभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
शनिबार काभ्रेमा पक्राउ परेका ओलीलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै उनीकी छोरी विपनाले बुधबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पक्राउ गर्नुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो।
सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउँदै उनका नेता तथा कार्यकर्तालाई धमाधम पक्राउ गरिरहेको छ। प्रधानन्त्री केपी शर्मा ओलीले चैत महिनाभित्र विप्लव समूहका गतिविधि नियन्त्रण गरिसक्ने घोषणा गरेका छन्।














प्रतिक्रिया दिनुहोस्