फेसबुकमा कडाईः अब यस्ता सामाग्री पोष्ट गर्न नपाईने

काठमाडौं, चैत १४ । फेसबुक कम्पनीले सेतो राष्ट्रवाद (ह्वाइट नेशनलिज्म) र पृथकतावादको प्रशंसा, समर्थन र प्रतिनिधित्व गर्ने सामाग्रीहरुलाई आगामी सातादेखि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

यसैगरी सामाजिक सञ्जालमा आतंककारी समूहबाट राखिने सामग्रीको पहिचान र निषेध गर्न समेत आफ्नो क्षमता बढाउने जनाएको छ ।

हालै न्यूजिल्याण्डको दुई मस्जिदमा ५० जनाको ज्यान जाने गरी भएको गोलीकाण्डको प्रत्यक्ष प्रसारण फेसबुकमा भएपछि यो कम्पनीमाथि अन्तर्राष्ट्रिय स्तरमा दबाव बढ्दै गइरहेको छ ।

फेसबुकले यसअघि सेतो राष्ट्रवाद र ह्वाइट इथ्नो स्टेट्स स्थापनाको लागि आह्वान गरिएका सामग्री समेत राख्न दिएको थियो ।

न्यूजिल्यान्डको हत्याकाण्ड पछि विश्वभरका नेताहरुले समाजिक सञ्जालका कम्पनीहरुलाई अतिवादी संगठनले राखेका विषयप्रति जिम्मेवार हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्