इण्डियन प्रिमियर लिगः आज बेंग्लोर र मुम्बईको भिडन्त , दुवै टोली जित निकाल्ने लक्ष्यमा

काठमाडौं, चैत १४ । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार एक खेल हुँदैछ ।

बिहिबार हुने खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इण्डियन्सले प्रतिस्पर्धा गर्दै छन् ।

बेंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा घरेलु टोली र मुम्बईबीचको खेल नेपाली समय अनुसार राति ८:१५ मा सुरु हुनेछ । र, दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर पहिलो खेलमा साबिकको विजेता चेन्नई सुपर किङ्ससंग ७ विकेटले पराजित भएको थियो । मुम्बईविरुद्ध बैंगलोर उक्त हार बिर्साउने लक्ष्यसहित मैदान उत्रने छन् ।

बैंगलोरलाई घरेलु समर्थक र स्टार खेलाडीहरुको साथ समेत रहने छ ।

प्रतिक्रिया दिनुहोस्