बालिकाको बलात्कारपछि हत्या: दुई किशोरलाई जन्मकैदको फैसला गर्दै जेल चलान
काठमाडौं, चैत १४ । बालिकाको बलात्कारपछि हत्या दुई किशोरलाई जन्मकैदको फैसला सुनाईएको छ ।
उदयपुरको रौतामाई गाउँपालिका–३, लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या घटनाका दोषीलाई जेल चलान गरिएको हो ।
न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले मंगलबार कसुर ठहर गर्दै जन्मकैदको फैसला गरेपछि उनीहरु जेल चलान भएका हुन् ।
अदालतले १६ वर्षीय किशोरको हकमा १२ वर्ष ६ महिना र १७ वर्षीय किशोरको हकमा १६ वर्ष २ महिना ६ दिन कैद सजायका साथै क्षतिपूर्तिबापत जनही १÷१ लाख भराउन आदेश दिएको छ ।
१७ वर्षीय बालकले घटनाका बेला भरुवा बन्दुकसमेत साथमा लिएकाले उनलाई त्यसबापत थप ३ वर्ष जेल र ३० हजार जरिबानाको फैसला सुनाइएको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।
उनको हकमा सरकारी वकिलको कार्यालयले बलात्कार, हत्या र हातहतियार तथा खरखजना गरी तीन प्रकृतिको मुद्दा दायर गरी चलाइएको जिल्ला सहन्यायधिवक्ता गणेशप्रसाद सापकोटाले बताए ।














प्रतिक्रिया दिनुहोस्