नेकपा प्रतिबन्धः पूर्व प्रधानसेनापति क्षत्री भन्छन् -बल प्रयोग गरे द्वन्द्वको खतरा

काठमाडौं, चैत १४ । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लागि घातक हुनसक्ने चेतावनी दिएका छन्।

नेकपामाथि प्रतिबन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला केही महिनाअघि मात्रै अवकाश पाएका क्षत्रीले सरकारले चालेको कदमको आलोचना गरे।

गत भदौ २४ गते अवकाश पाएका पूर्वप्रधानसेनापति क्षत्रीले प्रतिबन्धित नेकपाका नेता÷कार्यकर्ता नियन्त्रणमा सेनालाई अघि नसार्नसमेत सुझाव दिए।

राजनीतिक कदमबाट सम्भव नभए सेना स्वभाविकरूपमा अघि आउने उनले बताए।

प्रतिक्रिया दिनुहोस्