कामना सेवा विकास बैंकको एकै दिन दुई शाखा सञ्चालनमा, गाईघाट र राजविराजका सेवाग्राहीलाई बैंकिङ्ग कारोबारमा सहज

काठमाडौं, १३ चैत । कामना सेवा विकास बैंक लिमिटेडले क्रमिकरुपमा आफ्नो सेवा विस्तार क्रमलाई तिबैता दिएको छ । यसै क्रममा प्रदेश नं. १ र २ को उदयपुर र सप्तरी जिल्ला कोत्रियुगा र राजविराज नगरपालिका, वडा नं ११ र ४ मा आफ्नो ७६औंर ७७औशाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बुधबार बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ गर्नु भएको हो ।

सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखासमेत गरि प्रदेश नं. २ मा दश शाखार प्रदेश नं. १ मा ४ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए । उहाँले आगामी रणनीतिको बारेमाजानकारी गराउनु भयो । यस बैंकले व्यवसाय विस्तारकोक्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ७७ वटा शाखा कार्यालयहरु त्था ३२ वटा ATM मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदानगर्ने भएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्