भ्रष्टाचार आरोप लागेका पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा रिहा
काठमाडौँ, चैत १३ । भ्रष्टाचार आरोप लागेका पूर्वमन्त्री बद्री न्यौपाने ५ लाख धरौटीमा रिहा भएका छन् ।
विशेष अदालतका मुख्य न्यायाधीश बाबुराम रेग्मीसहित तीन न्यायाधीशको संयुक्त इजलासको ५ लाख धरौटी माग गरेपछि सो बुझाएर न्यौपाने बुधबार रिहा भएका हुन् ।
न्यौपानेविरुद्ध भृकुटीमण्डपस्थित फनपार्ककको जग्गा भाडामा दिने बेला राज्यलाई साढे ३१ करोड घाटा पुर्याएको अभियोग लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २१ गते मुद्धा दायर गरेको थियो ।














प्रतिक्रिया दिनुहोस्