“प्रभु बैंक डिबेन्चर २०८६” निष्काशन सम्झौता

काठमाडौ, १३ चैत । प्रभु बैंक लिमिटेड, बबरमहल, काठमाण्डौंको “प्रभु बैंक डिबेन्चर २०८६” १ अर्ब बराबरको डिबेन्चर १०% व्याज सहित दश वर्षको लागि निष्काशन गर्न सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौं लाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सन्राईज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच प्रभु बैंक लि., बबरमहल, काठमाण्डौंमा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्