किन हुने भयो पूर्वी नवलपरासीमा १० दिनसम्म विद्युत अवरुद्ध ?
काठमाडौं, चैत १३। पूर्वी नवलपरासीमा १० दिन विद्युत सेवा अवरुद्व हुने भएको छ ।
मङ्गलवार बिहान परेको पानीसँगै आएको चट्याङले नवलपुरको प्रगतिनगर सव स्टेशनमा रहेको ट्रान्सफर्मरमा क्षती पुगेपछि नवलपुरका सबैजसो ठाउमा विद्युत सेवा अवरुद्व भएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कावासोतिले बुधबार पत्रकार सम्मेलन नै गरेर औधोगिक क्षेत्रमा ७ देखि १० दिनसम्म विद्युत सेवा ठप्प हुने जनाएको छ ।
चट्याङले ट्रान्सफर्मरमा क्षती पुगेपछि नवलपुरका गैंडाकोट, देवचुली, कावासोती, चोरमारालगायतका स्थानमा रहेका औद्योगिक कलकारखानामा पूर्ण रुपमा विद्युत सेवा १० दिनसम्म अवरुद्व हुने भएको वितरण केन्द्र कावासोतीका प्रमुख राजिव कुमार शर्माले जानकारी दिए ।
उनका अनुसार ट्रान्सफर्मर मर्मतका लागि बुटवल र काठमाडौंबाट समेत प्राविधिक ल्याएर मर्मतका लागि प्रयास गरेपनी सफल नभएपछी विद्युत सेवा पहिल्यैकै तुलनामा सञ्चालनमा आउन लामो समय लाग्ने भएको हो ।
ट्रान्सर्फमर नयाँ फेर्नुपर्ने भएकाले विद्युत आपूर्ति सुचारु हुन ७ देखि १० दिनसम्म लाग्न सक्ने प्रमुख शर्माले बताए ।














प्रतिक्रिया दिनुहोस्