सबै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्ने सरकारको घोषणा

काठमाडौँ , चैत १३ । सरकारले शारीरिक तथा मानसिक रुपमा अशक्त बालबालिकाका लागि सबै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शारीरिक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुका लागि ७ सय ५३ वटै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।

त्यसमा उनीहरुको हेरचाह, विशेष खालको शिक्षालगायतका व्यवस्था गर्ने सरकारको नीति रहेकोे मन्त्री ज्ञवालीको भनाई छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मानसिक रुपमै अशक्त बालबालिकाहरुका लागि सरकारले भत्ताको व्यवस्था गर्ने नीति लिएको पनि बताए ।

उनले शारीरिक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुलाई सहयोग गरिरहेका संस्थाहरुलाई सरकारले प्रोत्साहन गर्ने आश्वासन पनि दिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले शारीरिक तथा मानसिक रुपमा अशक्त बालबालिकाहरुका अभिभावकहरुलाई पनि आवश्यक आर्थिक सहायता गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्