राजनारायण पाठकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
काठमाडौं, चैत १२ । घूस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धानले पाठकविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगकाले उनी विरुद्ध ७८ लाखको भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले बताएको छ।
आयोगको आज बसेको बैठकले यससम्बन्धी निर्णय गरेको हो। नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने र पाठकलाई विपक्षी बनाई ७८ लाखको मुद्दा दायर भएको हो।
राष्ट्रिय जनता पार्टी नेपालका नेता ज्ञानेन्द्र झाले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष न्यौपानेको ७८ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त पाठकलाई बुझाएको स्वीकार गरेका थिए।
घुस खाएको सम्बन्धी भिडियो सार्वजनिक भएपछि उक्त रकम आफूले लिएको तत्कालीन आयुक्त पाठकले स्वीकारेका थिए। साथै नेता झाले उक्त रकम आयुक्त पाठकलाई बुझाएको पनि स्वीकारेका थिए।
घुस प्रकरणमा मुछिएपछि र उक्त भिडियो सार्वजनिक भएपछि फागुन ३ गते पाठकले पदबाट राजीनामा दिएका थिए।














प्रतिक्रिया दिनुहोस्