तोकेको पारिश्रमिक नपाएपछि चिया मजदुर आन्दोलित

काठमाडौं, चैत १२ । तोकेको पारिश्रमिक नपाएपछि चिया मजदुर आन्दोलित भएका छन् । सरकारले तोकेको पारिश्रमिक नौ महिना बितिसक्दा पनि नपाएपछि चिया मजदुर आन्दोलित भएका हुन्।

उनीहरुले चैत १७ गते देशभरका चिया प्रतिष्ठान अनिश्चितकाल बन्द गर्नेदेखि औजार जुलुस र विभिन्न स्थानमा विरोध सभासम्मका आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन्।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले संयुक्त रुपमा मंगलबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।

उनीहरुले यो आन्दोलनलाई पार लगाइ छोड्ने दाबी समेत गरेका छन्।

चैत १८ र २० गते प्रत्येक इकामा औजारसहित जुलुक निकाल्ने, १९ गते बिर्तामोडमा र २१गते काँकडभिट्टामा विरोधसभा गर्ने तयारी गरेका छन्। सरकारले तोके बमोजिम चिया बगानमा कार्यरत श्रमिकले न्यूनतम आधारभुत पारिश्रमिक दैनिक २ सय ३१ र महंगी भत्ता १ सय ५४ गरी जम्मा ३ सय ८५ पाउनुपर्ने हो। तर, सरकारले श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक नेपालका चिया बगानमा कार्यरत मजदुरले नौं महिना बितिसक्दा सम्म पाउन सकेका छैनन्।

इलाम र धनकुटाका पाँचवटा चिया बगानमा कार्यरत मजदुर बाहेका नेपालका पाँच जिल्लाका चिया मजदुरले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक अझै पाउन नसकेको नेपाल चिया श्रमिक संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्