पोखरा विमानस्थलको रन-वे निर्माण १५ दिनभित्रै सकिने
काठमाडौं, चैत १२ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रन-वे निर्माणको काम १५ दिनभित्रै सम्पन्न हुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरवका आयोजना निर्देशक प्रदीप अधिकारीले चिनियाँ निर्माण कम्पनी सीएएमसीईले अबको १५ दिन भित्रै रन-वे निर्माणको काम सक्ने जानकारी दिए।
विमानस्थलको २५ सय मिटरको रन-वे र एप्रोन निर्माणका अन्तिम चरणका पुगको उनको भनाइ छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रन-वे ढलान गर्ने काम अन्तिम चरणका पुगेको छ, उनले भने, कुनै आपत्कालीन समस्या तथा अवरोध नभए विमानस्थल निर्माणको काम तोकिएको समय अगावै सम्पन्न हुने छ।
सरकारले सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सीएएमसीइलाई ठेक्का दिएको थियो।














प्रतिक्रिया दिनुहोस्