अफगानिस्तानको कुन्दुजमा हवाई हमला: कम्तीमा १३ जनाको मृत्यु , मारिनेमा अधिकांश बालबालिका

काठमाडौं , चैत १२ ।। अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

मारिनेमा अधिकांश बालबालिका रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अफगानिस्तानमा तैनाथ अन्तर्राष्ट्रिय फौजले गरेको हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

शुक्रबार राति अबेरदेखि शनिबार बिहान सबेरैसम्म हवाई आक्रमण भएको थियो । प्रारम्भिक विवरण अनुसार मारिएकामध्ये दश जना बालबालिका रहेका छन ।

अफगानिस्तानस्थित राष्ट्रसंघीय मिसनद्वारा हिजो जारी वक्तव्यमा उल्लेख छ ।

अफगानी फौजको मद्दतका लागि अन्तर्राष्ट्रिय गठबन्धन फौजले हवाई आक्रमण गरेको अफगानी अधिकारीहरुले बताएका छन् ।

नेटोका एक जना प्रवक्ताले आक्रमणका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्