मंगलबारको मौसम : देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना
काठमाण्डौ, चैत १२ । मंगलबार बिहान देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ ।
सोमबार भित्रिएको पश्चिमी वायुसँग स्थानीय वायु मिसिएकोले सोमबार रातिदेखि नै धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार राति पश्चिममा मेघगर्जन र हावाहुरीसहित पानी पारेको प्रणाली अहिले मध्य क्षेत्रमा आइपुगेको छ । यसकै असरले काठमाण्डौसहित मध्य र पश्चिमका धेरै ठाउँमा पानी परिरहेको उनले जानकारी दिए ।
यो प्रणाली पूर्वतिर सरिरहेकाले मंगलबार देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना छ । कतै कतै मौसम एकैछिन खुले पनि फेरि बदली भई मेघगर्जन र हावाहुरी चल्नेछ । तर ठूलो पानी पर्ने संभावना भने नरहेको उनले जानकारी दिए ।
प्रिमनसुनको समयमा पानी पर्दा चट्याङ पनि पर्ने भएकाले सावधानी अपनाउन मौसमविद मिनकुमार अर्यालको आग्रह छ । मंगलबार रातिदेखि नै मौसममा सुधार आउने उनको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्