गुडिरहेको यात्रुबाहक बसमा आगलागी, चारजनाको घटनास्थलमै मृत्यु

काठमाडौं, चैत ११ । भारतको उत्तर प्रदेशको मैनपुरीमा एक यात्रुबाहक बसमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

दिल्लीको आनन्द विहारबाट लखनऊ तर्फ गइरहेको बस आगरा–लखनऊ सडकखण्डको मीठेपुरमा डिवाइडरसँग ठोक्किएको थियो । त्ययसपछि बसमा आगो लागेको हो ।

घटनास्थलमै चारजनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घटनामा घाइते भएकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

बसमा कति यात्रु थिए भन्ने यकिन जानकारी नआएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्