इण्डियन प्रिमियर लिग: सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स विजयी

काठमाडौं, चैत ११ । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको १२ औं संस्करणमा विजयी सुरुवात गरेको छ ।

हिजो भएको खेलमा दिल्लीले मुम्बई इन्डियन्सलाई ३७ रनले हरायो ।

मुम्बईको वाङ्खडे रंगशालामा दिल्लीले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ७६ रन मात्रै बनाउन सक्यो ।

उसका लागि युवराज सिंहले ५३ रन जोड्दा बलिङतर्फ दिल्लीका इशान शर्मा र कागीसो राबडाले २र२ विकेट लिए ।

नेपालका लेग स्पिनर सन्दिप भने यो खेलको सुरुवाती एघारमा परेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ऋषब पन्तको अविजित ७८ रनको मद्दतले २ सय १३ रन जोडेको थियो ।

आईपीएल अन्तर्गत हिजोको पहिलो खेलमा कोलकाता नाईट राईडर्सले सनराईजर्स हैदरावादलाई ६ विकेटले हराएको छ ।

१ सय ८२ रनको लक्ष्य पछ्याएको कोलकाताले खेलमा २ बल बाँकी छँदा ४ विकेट गुमाएर विजयी लक्ष्य पुरा ग¥यो ।

प्रतिक्रिया दिनुहोस्