उदयपुरका जंगलमा जताततै डढेलो, तीन दिनमा ६० सामुदायिक वन र चुरे जंगल नष्ट

काठमाडौं, चैत १० । उदयपुरका जंगलमा जताततै डढेलो लागेको छ । प्रायः सबैजसो जंगलमा ३ दिनयता उदयपुरका जंगलमा फैलिएको डढेलो नियन्त्रणबाहिर गएको छ।

सदरमुकामदेखि पूर्व, उत्तर, पश्चिम र दक्षिणीभेगका अधिकांश वनजंगलमा फैलिएको डढेलो साँझ परेसँगै गाईघाटदेखि प्रष्ट देखिने गरेको प्र स्थानीयले बताएका छन् ।

जंगलमा लागेको डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायले प्रभावकारी काम गर्न नभएको स्थानीयको गुनासो छ।

३ दिनयता चारैतिर लागेको डढेलोले ६० भन्दा बढी सामुदायिक वन समिति र राष्ट्रिय वनक्षेत्रको सयौं हेक्टर वन नष्ट भएको स्थानीयको भनाई छ।

प्रतिक्रिया दिनुहोस्