तनहुँमा प्याराग्लाइडिङको परीक्षण उडान सफल
काठमाडौं, चैत ९ । तनहुँमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट आज प्याराग्लाइडिङको सफल परीक्षण गरिएको हो।
उक्त ठाउँमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाको सक्रियतामा प्याराग्लाइडिङको उडान गरिएको हो।
पोखरास्थित टिम फाइभ प्याराग्लाइडिङ कम्पनीका राजु आचार्य, शङ्कर पराजुली र नारायण पराजुलीले उक्त ठाउँबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेका हुन्।
उक्त ठाउँबाट विगतमा पनि एकल प्याराग्लाइडिङको उडान गरिएको भए पनि पहिलोपटक डबल उडानको परीक्षण गरिएको व्यास नगरपालिका–३ का वडा सदस्य रविन पौडेलले जानकारी दिए।














प्रतिक्रिया दिनुहोस्