चीनमा गुँडिरहेको बसमा एकाएक आगलागी , २६ को मृत्यु , २८ जना घाइते

काठमाडौं, चैत ९ । चीनमा गुँडिरहेको बसमा एकाएक आगलागी भएको छ । चीनको हुनान प्रान्तको एक राजमार्गमा गुँडिरहेको बसमा एकाएक आगलागी हुँदा २६ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा अरु २८ जना घाइते भएका छन् ।

पर्यटक सवार बसमा दुई चालक र एक दुर गाइडसहित बसमा ५६ जना थिए । घाइतेमध्ये पाँचको अवस्था चिन्ताजनक रहको छ । उनीहरुलाई उपचारको लागि अस्पताल पठाइएको छ ।

दुर्घटनामा अरु २८ जना घाइते भएका छन् । पर्यटक सवार बसमा दुई चालक र एक दुर गाइडसहित बसमा ५६ जना थिए ।

घाइतेमध्ये पाँचको अवस्था चिन्ताजनक रहको छ । उनीहरुलाई उपचारको लागि अस्पताल पठाइएको छ ।

प्रहरीले गाडिका दुई चालकलाई हिरासतमा लिएर आगलागी हुनुको कारणबारे अनुसन्धान गरिहेको छ ।

चीनमा अधिकाशं चालकहरु ट्राफिक नियमलाई वेवास्ता गर्ने गर्छन् । यसले गर्दा त्यहाँ विभिन्न समयमा गम्भीर खालका यातायात दुरघटना हुने गर्छन् । प्रत्यक्षदर्शीका अनु्सार बसमा एकाएक आगलागी हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्