चीनमा रासायनिक मल उद्योगमा विस्फोट, ४४ जनाको मृत्यु, ९० जना घाइते

काठमाडौं, चैत ८ । चीनमा रासायनिक मल उद्योगमा विस्फोट भएको छ । पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको मृत्यु भएको हो ।

साथै अन्य ९० घाइते भएका उद्धारकार्यको प्रमुख कार्यालयले शुक्रबार सो जानकारी दिएको छ ।

यद्यपि यस विस्फोटमा परी घाइते भएका करिब ६ सय ४० व्यक्ति उपचारार्थ अस्पताल पुगेका थिए ।

ती मध्ये ३२ जनाको स्थिति गम्भीर रहेको र ५८ जनाको नराम्ररी घाइते भएका बताइएको छ । पाँच सयभन्दा बढी व्यक्ति उपचारपछि घर फर्किसकेका छन् ।

चीनमा केही वर्षमा यता भएका घातक औद्योगिक दुर्घटना मध्येको यो पनि एक भएको बताइएको छ

प्रतिक्रिया दिनुहोस्