साफ महिला फुटबल च्याम्पियनसिपको फाइनल खेल आज: भारतलाई हराउँदै इतिहास रच्ने दाउमा नेपाल

काठमाडौं, चैत ८ ।विराटनगरमा भैरहेको पाँचौ साफ महिला फुटबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।

विराटनगरको शहीद रंगशालामा दिउँसो तीन बजे पछि सुरु हुने खेलमा नेपाल र भारत आमने–सामने हुन लागेका हुन् । नेपालले सेमिफाइनलमा श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका छन् ।

नेपाल पाँच संस्करण मध्य चौथो पटक फाइनलमा पुगेको छ भने भारतले लगातार पाँचौं फाइनल खेलेको छ ।

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले पुरानै प्रतिद्वन्द्वी पाएको छ ।

प्रतिक्रिया दिनुहोस्