काठमाडौंका १० स्थानमा ट्राफिक लाइट थपिँदै

काठमाडौं, चैत ८ । काठमाडौंका १० स्थानमा ट्राफिक लाइट जडान गर्ने कामले तीव्रता पाएको छ । सडक विभागले १० स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो ।

विभागले बागबजार, पद्मोदय मोड, सिंहदरवार, तीनकुले ९तीन ठाउँ०, कालिमाटी ९दुई ठाउँ०, पुरानो बानेश्वर, गौशाला, मित्रपार्कमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो ।

जडान गर्ने जिम्मेवारी पाएको प्रजिल कन्स्ट्रक्सनले वैशाख पहिलो साता लाइट जडानको काम सम्पन्न गरिसक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्