भारतको एक भवनमा चेपिएएर ७ जनाको मृत्यु , ६१ जनाको जीवितै उद्धार
काठमाडौं, चैत ७ । भारतको कर्नाटकमा भवनमा चेपिएएर ७ जनाको मृत्यु भएको छ ।
कर्नाटक राज्यस्थित धारवादमा गत मङ्गलबार एक घर भत्किँदा मारिने व्यक्तिको संख्या सात पुगेको स्थानीय प्रशासनले जनाएको छ ।
धारवादकी उपआयुक्त दीपा चोलानले भवनमा पुरिएका ६१ जनाको जीवितै उद्धार गरिएको बताए ।
भारतीय वायुसेनाले निर्माणाधीन घरले थिचेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि दुई वटा टोलीलाई हवाई जहाजबाट घटनास्थलमा पु¥याएको थियो । खोजी तथा उद्धार कार्य अझै जारी छ ।
यसैबीच, कर्नाटक राज्यका मुख्यमन्त्री एचडी कुमारास्वामीले खोज तथा उद्धारको कार्य युद्धस्तरमा भइरहेको जानकारी दिए ।
सरकारले उक्त घटनाको सूक्ष्म अध्ययन अनुसन्धान थालिसकेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्