अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न ‘घर दैलो’अभियान

काठमाडौँ, चैत ७ । समाजमा आपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले समुदायसँग मिलेर काठमाडौँमा ‘घर दैलो’ अभियान चलाउने भएको छ ।

समुदाय ¬प्रहरी साझेदारी’ कार्यक्रममार्फत शुरु हुने घरदैलो कार्यक्रमअन्तर्गत हरेक घरघरमा सामाजिक सेचतनाका विषय उल्लेख गरिएको स्टिकरसमेत टाँस गरिनेछ ।

आवश्यक प्रहरी अधिकारीको सम्पर्क नम्बरसहितको प्रचार सामग्री वितरण गरी समुदायसँग सम्बन्ध विस्तार गर्न घरघरमा पुग्ने गरी उक्त अभियान चलाउन लागिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख वसन्त लामाले जानकारी दिए । ‘

समुदायसँग मिलेर मात्रै अपराध नियन्त्रण गर्न सकिने भएकाले घरदैलोलाई प्राथमिकता दिन लागिएको हो ।

घरदैलो कार्यक्रमका लागि घरघरमा पुग्नुपर्ने, सबै घरधनी र परिवारको विवरण र भाडामा बस्ने मानिसको विवरण लिनुपर्ने भएकाले तोकिएको ढाँचा वडा कार्यालयबाट लिने तथा घरघरमा टाँस गर्ने स्टिक तयार गर्ने प्रक्रिया शुरु गरिएको छ ।

“सो कार्यक्रमअन्तर्गत जिल्ला समितिको बैठकले घरदैलो कार्यक्रम गर्ने निर्णय गरिरसकेको छ, अहिले हामी त्यसैको तयारीमा छौँ, छिट्टै अभियान सञ्चालन हुँदैछ”, परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले भने ।

घरदैलोसँगै सडक मानव, सडक बालबालिकामा र मगन्तेलाई जनचेतना र उद्धारमार्फत दिगो र प्रभावकारी व्यवस्थापनको कार्ययोजना बनाई कार्यान्वयन गर्ने, महिला हिंसा, महिला तथा बालबालिकाविरुद्धको अपराध, साइबर अपराध, सवारी साधन दुर्घटना न्यूनीकरण, मदिरा तथा लागुपदार्थ प्रयोगबारे अभिभावकको दायित्व विषयमा अभिमुखीकरण गर्ने कार्यक्रम तय भएको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्