नेपाली सेनाले भन्योः विप्लव समूहमाथि वल प्रयोग होइन, राजनीतिक समाधान खोज

काठमाडौँ, चैत ७ । नेपाली सेनाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माथि लागेको प्रतिबन्ध र उसका गतिविधि नियन्त्रणमा बल प्रयोग घातक हुन सक्ने जनाएको छ।

नेकपामाथि प्रतिवन्ध लगाउनुअघि नै सेनाले विप्लव समूहका असन्तुष्टिमाथि राजनीतिक तबरबाट समाधान खोज्न उपर्युक्त हुने सुझाब सरकारलाई दिएको हो।

असन्तुष्ट समूहलाई दमन गरेर नियन्त्रणमा लिनेभन्दा अर्को बाटो नै उपयुक्त हुन्छ भन्ने सुझाब सरकारलाई दिएको श्रोतको दाबी छ।

सीके राउतको विखण्डनकारी ऐजेण्डासमेत राजनीतिक रुपमबाटै व्यवस्थापन भएको भन्दै सेनाले विप्लव समूहलाई पनि सोही अनुसार व्यवहार गर्नु उपर्युक्त हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्