मन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनापछि उद्धारमा संलग्न ३ प्रहरी पुरस्कृत

काठमाडौं, चैत ६ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनाको उद्दार कार्यमा खटिएका ताप्लेजुङका तीन प्रहरी पुरस्कृत भएका छन्।

पुरस्कृत हुनेमा प्रहरी हवल्दार वेद कुमार अर्याल, प्रहरी जवान उपेन्द्र राई र प्रहरी जवान मनोज कुमार चौधरी छन्। उनीहरुलाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो।

ताप्लेजुङको अस्थायी प्रहरी चौकी माथिल्लो फेदीमा कार्यरत तीन प्रहरी कर्मचारी फागुन महिनाको बेस्ट पुलिस अफ द मन्थु चुनिएका हुन्।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मुल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्