कोटेश्वर र बानेश्वरमा आकासे पुल बनाइने

काठमाडौं, चैत ५ । कोटेश्वर र बानेश्वरमा आकासे पुल बनाइने भएको छ । चोकमा यात्रुको चाप बढेको भन्दै आकासे पुल निर्माण गर्न लागीएको हो ।

सडक विभागले पुल निर्माणका लागि पुलको डिजाइन तथा सर्वेको लागि बुधबार आशयपत्र सार्वजनिक गर्ने भएको छ ।

आकासे पुल नहुँदा बाटो काट्न असहज भएको कुरालाई मध्यनजर गर्दै यस्तो गरिने भएको विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले बताए ।

यस्तै दुबै स्थानमा अन्डरपास बनाउने तयारी गरिएको पनि उनले जानकारी दिए । अन्डरपास डिजाइन र कम्पनी भने छनोट भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्