हामीलाई ढुक्कसँग बिश्वास गर्नुस् : अध्यक्षका उम्मेदवार पोख्रेल

काठमाडौं, ५ चैत । कनुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनलाई चूनावी सरगर्मी लागेको छ । प्रजातान्त्रिक कानुन ब्यबसायीको समूह र नेप्लिज लयर्स एसोसियसन दबै पक्षकोबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

यसैबिच प्रजातान्त्रिक कानुन ब्यबसायीको अध्यक्षका उम्मेदवार सुनिल पोख्रेलले आगामी निर्वाचनमा आफ्नो टिमलाई ढुक्कसँग बिश्वास गर्न सम्पूर्ण कानुन ब्यबसायिहरुलाई आग्रह गरेका छन् ।

यहि चैत्र १६ गते हुने नेपाल बार एसोसियसनको निर्वाचनमा प्रजातान्त्रिक कानुन ब्यबसायीको समूह बाट अध्यक्षका प्रत्यासी रहेका पोख्रेलले आफ्नो टिमले न्याय र पेशागत सुरक्षाको पक्षमा जस्तो सुकै चनौतीको पनि सामना गर्न तयार रहेको बताए ।

उनले व्यवसायी साथीहरुलाई परेको समस्या प्रति आफु जस्तो सुकै कठिन काम गर्न पनि पछि नहट्ने बताए ।

नेपाल बारको निर्वाचनको बिषयमा जागरण न्यूजसंगको कुराकानीमा उनले भने, “हामीलाई देशैभरका कानुन ब्यबसायिहरुको समर्थन विश्वाश प्राप्त भयको छ जसले गर्दा नया उर्जाका साथ हामीह? अगाडी बढेका छौ । हामि सदैब कानुन व्यवसायीको हित र विधिको शासनका निम्ति काम गर्नेछु । त्यसैले हामीलाई ढुक्कसंग बिस्वास गर्नुस् ।” अदालतमा देखियका समस्याको कुरा उठाउँदै पोखरेलले आगामी दिनमा न्यापालिकाको गुणस्तर थप प्रभावकारी बनाउन लोकतान्त्रिक समूह कटीबद्ध हुनेमा जोडदिए ।

निर्वाचन लक्षित गर्दै पोख्रेलको समूह देशका बिभिन्न ठाउमा पुगेर भेटघाट तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ । उता अर्का समुहमा भने बरिस्ठ अधिबक्ता चण्डेश्वरि श्रेष्ठको समूह निर्वाचन को मैदानमा छ । श्रेष्ठको समूह र

प्रगतिशील कानुन व्यवसायीको समूह हुन् । दुबै पक्षबिच कडा प्रतिष्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्