सडक सुरक्षा परिषद् गठन गर्दै सरकार
काठमाडौं, चैत ५ । सरकारले सडक सुरक्षा परिषद् गठन गर्ने तयारी थालेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक सुरक्षाको उचित व्यवस्था गर्नका लागि छुट्टै सडक सुरक्षा परिषद गठन गर्न लागिएको जानकारी दिएका छन् ।
मंगलबार ललितपुरमा आयोजित सडक सुरक्षासम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले सडकलाई सुरक्षित बनाउन सोसम्बन्धि आवश्यक कानुन बनाउने कामलाई पनि अघि बढाइएको बताए ।
मन्त्री महासेठले सडकमा हुने दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकायहरुलाई पनि सचेत गराए ।
मन्त्री महासेठले सरकारले सडकको सुरक्षाका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको पनि स्मरण गराए ।
प्रतिक्रिया दिनुहोस्