खेलकुद मन्त्रीले गरे एकवर्षे कार्यकालको विवरण सार्वजनिक, के -के भए उपलब्धि ?

काठमाण्डौ , चैत ३ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले आफ्नो एक वर्षे कार्यकालको विवरण सार्वजनिक गरेका छन्।

गएको वर्षको चैत २ गते केपी शर्मा ओलीले युवा तथा खेलकुदमन्त्रीको रुपमा विश्वकर्मालाई नियुक्त गरेपछि पद तथा गोपनीयताको सपथ लिएर सिंहदरबार पुगी कार्यभार सम्हालेका थिए ।

२ गते नै एक वर्ष पुगे पनि सार्वजनिक बिदा परेकाले आइतबार पत्रकार सम्मेलन गरी मन्त्री विकले युवा विकास, खेलकुद विकास, प्रतियोगिता, प्रशिक्षण तथा प्रोत्साहन, ऐन, नियमावली, निर्देशिकारकार्यविधि निर्माणरसंशोधन, संगठनात्मक सुधार, सुशासन गरी बुँदागत रुपमा ८ पृष्ठ लामो प्रगति विवरण सार्वजनिक गरेका हुन्।

विवरणमा खेलकुद विकास अन्तर्गत काठमाण्डौ उपत्यकामा अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधारहरु, ७ वटै प्रदेशमा आधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण र ७ सय ५३ वटै स्थानीय तहमा खेलग्रामहरुको निर्माण कार्य लक्ष्यअनुरुप भइरहेको उल्लेख छ ।

यसैगरी खेल क्षेत्रको प्रशासनिक सुधार, खेलाडीको वृत्तिविकास, तालिम, प्रशिक्षण, सेवा-सुविधा, सम्मानरभत्ता, पुरस्काररप्रोत्साहन, बीमा, नियमित प्रतियोगिता, खेल पर्यटनको विकास, साहसिक खेलको विकास र प्रवर्द्धनजस्ता काममा गुणात्मक फड्को मारेको तथ्य मन्त्रीले एक वर्षे कार्यकालमा गरेको कामको विवरणमा समेटेका छन् ।

यसैगरी मन्त्री विश्वकर्माले पत्रकारहरुका जिज्ञासाको जवाफ दिने क्रममा १८१ वटा खेल संघहरुलाई तीन भागमा वर्गिकरण गर्ने योजना पेश गरेका थिए । अन्तर्राष्ट्रिय स्तरमा मेडल प्राप्त गर्ने खेल संघहरुलाई त्यही किसिमले राज्यले लगानी गर्ने, आर्थिक उर्पाजन तथा पर्यटन प्रवर्द्धनका हिसाबले दोस्रो र अन्यलाई तेस्रो तहमा वर्गीकरण गर्ने योजना रहेको बताए ।

यस्तै १३ औं साग खेलकु्द नेपालको प्रतिष्ठासँग जोडिएकाले जसरी पनि डिसेम्बरमा सम्पन्न हुने बताए । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चाँडै मिति घोषणा हुने बताउँदै आठौं प्रतियोगिता सम्पन्न भए १३ औं सागका लागि खेलाडी छनोट पूरा हुने र प्रतियोगिता अगाडि बढाउन सहज हुने उनको भनाइ थियो ।

सागको उद्घाटनस्थलको रुपमा रहेको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला पुनस् निर्माणको काम तदारुकताका साथ भइरहेको भन्दै निर्धारित मितिमै पूरा हुने विश्वास व्यक्त गरे ।

प्रदेश पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदको पूर्वाधार अन्तर्गत भीआईपी तर्फको प्यारापिटको छानो हाल्ने काम मात्र बाँकी रहेको जानकारी दिँदै अबको १०–१५ दिनमा काम सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्