विप्लव कार्यकर्तामाथि घुँडामुनी गोली !

काठमाडौँ , चैत ३। नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधि नियन्त्रण गर्न रोल्पामा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ।

सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ–घुँडामुनी गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने। यो खबर आजको कान्तिपुर दैनिकमा काशीराज डाँगीले लेखेका छन्।

विस्फोट र आगजनीका घटना वढाएका चन्द कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य तारो बनाउन सक्ने सुरक्षा संयन्त्रको निष्कर्ष छ।

पहिलो चरणमा सुरक्षाकर्मीमाथि जाइलाग्ने कुनै योजना विप्लव समूहमा नदेखिएको उनीहरुको विश्लेषण छ।

प्रतिक्रिया दिनुहोस्