महिला साफ च्याम्पियन्सीप : बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

काठमाडौँ, चैत २ । बंगलादेशलाई ३–० ले पराजित गर्दै नेपाल साफ च्याम्पियन्सीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बिराटनगरको शहीद रंगशालामा समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले बंगलादेशलाई हराएको हो। नेपालसँग पराजित भएपनि बंगलादेश उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

दुवै टोलिले भुटानलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेको थिए। शनिबारको खेल समूह विजेताका लागि थियो।

नेपालले सबै गोल पहिलो हाफमा गरेको थियो। खेलको छैटौं मिनेटमा आत्माघाती गोलबाट अग्रता लिएको नेपालका लागि सावित्रा भण्डारी र मन्जरी कुमारी योन्जनले एक एक गोल गरे। खेलको सुरुवात देखिनै बंगलादेशमाथि नेपाल हावी भएको थियो।

नेपालले पहिलो खेलमा भुटानलाई ३–० ले र बंगलादेशले २–० ले हराएको थियो। आइतबार श्रीलंकाविरुद्ध भारत खेल्दै छ। यो खेलमा पराजित हुने टोलिसँग नेपालको सेमिफाइनलमा भेट हुनेछ।

महिला साफ च्याम्पियन्सीपमा तीन पटक नेपाल र भारत फाइनलमा भिडेका छन्। चौथो बाहेक सबै फाइनल भारतले नेपालसँग खेलेको छ। नेपाल साफ च्याम्पियनसिपमा भारतसँग मात्रै पराजित भएको छ।

प्रतिक्रिया दिनुहोस्