विराटनगरबाट १४ क्षेत्रमा हवाई उडान सञ्चालन गरिने

काठमाडौं, चैत २ ,। प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा हवाई उडान सञ्चालन गर्न पहल शुरु भएको बताएका छन् ।

नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेण्ट (नाटा)को आठौँ प्रदेशस्तरीय वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले प्रदेशका पहाडी जिल्लामा हवाई उडानका लागि सङ्घीय सरकारका साथै निजी वायुसेवालाई अनुरोध गरिएकाले चाँडै सञ्चालन भई स्वदेशी तथा विदेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

उनले पर्यटकको बसाइ छदेखि सात दिनसम्म लम्बाउन र यस क्षेत्रका जनताको आर्थिकस्तर वृद्धि गर्न विराटनगर–बुर्जुताल ९१५३ बिघा क्षेत्रफल०–इनरुवा–रामधुनी–चतराधाम–बराहक्षेत्र–धरान र इटहरीको तालतलैयासम्म सडक सर्किट निर्माण गर्न रु ४० लाख बजेट विनियोजन गरिएको बताए ।

मन्त्रालयका सचिव बद्रिराज ढुङ्गानाले पर्यटन क्षेत्र संवेदनशील व्यवसाय भएकाले तेस्रो मुलुक मात्र नभइ छिमेकी देशका नागरिकलाई अतिथिका रुपमा सम्मानजनक आदरसत्कार गर्नुपर्नेमा जोड दिँदै पर्यटकीय क्षेत्रको स्तरोन्नति पूर्वाधार निर्माण, पदयात्रा मार्ग र सूचना केन्द्रका लागि प्रदेश सरकारले रु १५ करोड बजेट निकासा गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्