अफगानिस्तानमा सुरक्षा कारबाहीमा थप ५० लडाकू मारिए

काठमाडौं, चैत २ । अफगानिस्तानको पश्चिमी क्षेत्रमा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा ५० जना तालिवानी लडाकू मारिएका छन्।

देशको बाडघिस प्रान्तमा पर्ने बाला मुर्घाब जिल्लामा गत चौबीस घण्टामा भएका घटनामा परि उनीहरू मारिएको अधिकारीले शनिबार जनाएका छन्।

सरकारी पक्षले जारी गरेको वक्तव्यका अनुसार उनीहरूले लडाकूका आश्रयस्थल तोडफोड गरिदिएका छन्।

घटनाका बारेमा सरकारी पक्षले विस्तृत विवरण दिएको छैन भने तालिबान लडाकूका तर्फबाट पनि कुनै प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया दिनुहोस्