साफ महिला च्याम्पियनसिप: बंगलादेशविरुद्ध नेपाल ३-० अगाडि

काठमार्डां, चैत २ । विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपमा नेपाल र ब‌गलादेशबीचको पहिलो हाफ सकिँदा नेपालले ३(० को अग्रता बनाएको छ ।

खेलको पहिलो ६ मिनेटमा बङ्गलादेशले आत्मघाति गोल गरेपछि नेपालको अग्रता सुरु भएको हो । मनमायाँ लिम्बुले प्रहार गरेको बलमा बङ्गलादेशी खेलाडी मसुरा प्रबिनको हेडमा आत्माघाती गोलले नेपाललाई १ शून्यको अग्रता दिलायो ।

खेलको २३औं मिनेटमा नेपालको तर्फबाट अर्को गोल भयो । हिराकुमारी भुजेलको पासमा साबित्रा भण्डारीले हानेको बल नै नेपालको लागि दोश्रो गोलमा परिणत भयो ।

त्यस्तै मन्जली कुमारी योन्जनले साबित्राको पासमा २८औं मिनेटमा गरेको गोलले नेपाललाई पहिलो हाफमा बंगलादेहविरुद्ध तीन(शून्यको अग्रता दिलाएको हो ।

प्रतिक्रिया दिनुहोस्