नेपाल सरकारद्वारा न्यूजिल्याण्ड आक्रमणको निन्दा
काठमाण्डौ , चैत २। नेपाल सरकारले न्यूजिल्याण्ड आक्रमणको निन्दा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डकी समकक्षी जेसिन्डा आर्डनलाई समवेदना सन्देश पठाउँदै आक्रमणको निन्दाको निन्दा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सन्देशमार्फत घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा मृतकका परिवारलाई समवेदना प्रकट गरेका छन् ।
साथै उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
सन्देशमा प्रधानमन्त्री ओलीले यस्तो जघन्य अपराधको कुनै पनि अवस्थामा स्वीकार गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री ओलीले आतंकवादलाई परास्त गर्न पुरै विश्व एक भएर लाग्नु पर्ने पनि बताएका छन् ।
शुक्रबार न्यूजिल्याण्डको क्राइस्ट चर्चमा भएको छुट्टा छुट्टै गोलीकाण्डमा ४९ जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस्